धान फल्ने खेत मासेर अलैँचीखेती गर्दै माङसेबुङका किसान

  • बुधबार २४ असार २०८३ ०४:२५ AM
फिक्कल । इलामको माङसेबुङ गाउँपालिका–३ सिम्लेका किसान कृष्ण बुढाथोकीले २३ रोपनी क्षेत्रफलमा अलैँचीखेती लगाएका छन् । विगत तीन वर्षदेखि अलैँचीखेती सुरु गरेका उनले धान फल्ने खेत मासेर अलैँचीखेती विस्तार गरेका हुन् । अलैँची बेचेर उनले वार्षिक लाखौँ आम्दानी गर्दै आएका छन् । यस वर्ष मात्र उनले अलैँची बेचेर रु १७ लाख हात पार्नुभयो । प्रतिमन