मौज्दात राहदानी सकिएपछि मात्रै नयाँ प्रणाली

  • बुधबार २४ असार २०८३ ०२:०० PM
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मौज्दात रहेका राहदानी प्रयोग नगरी नयाँ प्रणाली कार्यान्वयन नहुने बताएका छन्। राष्ट्रियसभाको मंगलबारको बैठकमा मन्त्री खनालले विनियोजन विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा यस्तो बताएका हुन्।मन्त्री खनालले नयाँ सरकार गठन हुँदा करिब २ लाख ५० हजार राहदानी मौज्दात रहेको जानकारी गराए। मन्त्री खनालका अनुसार ती राहदानी प्रयोग नगरी नयाँ प्रणालीमा जाँदा प्रतिराहदानी १०.१३ अमेरिकी डलरका दरले राज्यलाई करिब २५ लाख डलरबराबरको आर्थिक भार पर्