कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल

  • बुधबार २४ असार २०८३ ०८:०३ AM
काठमाडौं । नेकपा (एमाले)का सांसद लक्ष्मीप्रसाद पोखरेलले कर्णाली राजमार्गको स्तरोन्नति कार्य अत्यन्तै सुस्त गतिमा अघि बढिरहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले नेपालको इतिहासमा १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा ठूलो संख्यामा नागरिकले ज्यान गुमाएको उल्लेख गर्दै अहिले सडक दुर्घटनाका कारण त्यसभन्दा बढी नागरिकको मृत्यु भएको बताए । उनले भने, ‘नेपालको इतिहासमा सबै भन्दा धेरै नागरिकको ज्यान गएको समय १० वषिय सशस्त्र आदोन्दको समय थियो । त्योभन्दा धेरै नागरिकको ज्यान सडक दुर्घटनामा गएको छ । धेरै सडक दुर्घटना हुने सडक मध्य कर्णाली राज मार्ग एक हो ।’ उनले ... The post कर्णाली राजमार्ग विस्तारको गति सुस्त, दुर्घटनाको जोखिम बढ्दो : सांसद पोखरेल appeared first on Kalika Khabar.