काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले तत्काल रोजगारीको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सरकारको ध्यान त्यस दिशातर्फ केन्द्रित गराएका हुन् । सडकपेटीमा बसेर गुजारा गर्दै आएका दृष्टिविहीन नागरिकहरूलाई सरकारले धरपक्कड गरेर हटाउन थालेपछि दृष्टिविहीन नागरिकहरूले रोजगारीको माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा धर्नासहितको विरोध