काठमाडौं : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सीमाका बिषयमा जवाफ दिनका लागि प्रधानमन्त्रीलाई रुलिङ गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले संसद्मा दिएको सीमासम्बन्धी अभिव्यक्तिलाई सच्याउनुपर्ने माग गर्दै प्रतिपक्षको आन्दोलन जारी रहेको भन्दै यस विषयमा रुलिङ गर्न माग गरेका हुन् ।उनले संसदको नियम एक पक्षले मान्ने र अर्को पक्षले नमान्ने अवस्था आए त्यसले अराजकता निम्त्याउने धारणा राखे । उनले प्रधानमन्त्री र मन्त्रीहरूलाई सदनमा नियमित उपस्थित गराउन