गोविन्दबहादुर कार्की मुख्यसचिव नियुक्त

  • बुधबार २४ असार २०८३ ११:०८ AM
काठमाण्डु- सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको हो। मुख्यसचिवका रूपमा कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नेतृत्व गर्नुका साथै संघीय निजामती प्रशासनको समन्वय र सञ्चालनको जिम्मेवारी सम्हाल्नेछन्।