काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले प्रधानमन्त्री वालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङमाथि ट्राफिक नियम उल्लंघन गरेको आरोप लगाउँदै तत्काल कारबाही गर्न सरकारसँग माग गरेका छन् । बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता शाहीले प्रधानमन्त्री साह र गृहमन्त्री गुरुङले सिटबेल्ट नलगाई सवारी चलाएको भिडियो सार्वजनिक हुँदा पनि