निजी क्षेत्रका प्रतिनिधिसँग प्रधानमन्त्रीले भने- व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य होइन

  • बुधबार २४ असार २०८३ ०९:०० PM
काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी-व्यवसायीलाई थुन्ने सरकारको उद्देश्य नरहेको स्पष्ट पार्दै निजी क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।बुधबार नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री शाहले आर्थिक वृद्धि, लगानी विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि सरकारको मुख्य प्राथमिकता रहेको भन्दै त्यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्ध