काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी भूभागतर्फ नै सरदर स्थानको आसपास अवस्थित छ । जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।