मल आपूर्ति सहज बनाउन गम्भीर छौं : मन्त्री चौधरी

  • बिहीबार २५ असार २०८३ ०३:०० PM
काठमाडौं : कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सहज रुपमा मल आपूर्तिका लागि मन्त्रालय गम्भीर रहेको बताएकी छन् । बिहीबार मन्त्रालयमा आफ्नो सय दिनको कार्यकालमा भएका काम कारवाहीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले जनतालाई मल सहज रूपमा उपलब्ध गराउनका लागि मन्त्रालयले सबैभन्दा बढी समय मल क्षेत्रमा खर्चिरहेको  र यसका लागि एउटा डेडिकेटेड टोली खटिएको बताएकी हुन्।उनले केन्द्र सरकारले मल आपूर्ति गर्ने र प्रदेश तथा स्थानीय सरकारले वितरणको काम गर्ने गरी समन्वय भइरहेको जान