कनेक्टिभिटी विस्तारले नेपाल–भारत सम्बन्ध अझ बलियो बन्नेछ : सभामुख अर्याल

  • बिहीबार २५ असार २०८३ ०९:२५ AM
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले बिहीबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले नेपाल–भारत सम्बन्ध साझा सभ्यता, भौगोलिक निकटता, सांस्कृतिक तथा सामाजिक सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै व्यापार, सुरक्षा, नागरिक उड्डयन, जलस्रोत तथा कनेक्टिभिटीलगायत क्षेत्रमा रहेका द्विपक्षीय संयन्त्रमार्फत सम्बन्ध अझ सुदृढ बन्दै गएको