मौलापुरलाई हाकिम बिहीन बनाएर बजेट फ्रिज गराएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन

  • बिहीबार २५ असार २०८३ ०९:२६ AM
काठमाडौं । रौतहटको मौलापुरमा प्रधानमन्त्री वालेन्द्र शाह (वालेन)को पुतला दहन गरिएको छ । वालेन प्रधानमन्त्री भएपछि पहिलो पटक रौतहटको मौलापुरमा उनको पुतला दहन भएको छ । मौलापुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत विहीन बनाएर नगरपालिकाको बजेट फ्रिज गराउने काम गरेको भन्दै स्थानीय बासिन्दाले आज प्रधानमन्त्री शाहको पुतला दहन गरेका हुन् । वालेनको पुतला दहन गर्दै आन्दोलनकारीले ‘मौलापुरको बजेट फ्रिज गराउने बालेन सरकार मुर्दाबाद, मौलापुरलाई हाकिमविहीन बनाउने मन्त्री प्रतिभा रावल मुर्दाबाद, बिजुली–पानीको भुक्तानी गर, सम्मानित अदालतको आदेश पालन गर, मौलापुरलाई हाकिमविहीन बनाउने षड्यन्त्र बन्द गर, मौलापुरलाई हाकिमविहीन बनाउनेहरू होशियार, मौलापुरमा हाकिम पठाउँ, मौलापुरको बजेट ... The post मौलापुरलाई हाकिम बिहीन बनाएर बजेट फ्रिज गराएको भन्दै प्रधानमन्त्री बालेनको पुतला दहन appeared first on Kalika Khabar.