काठमाडौं । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले संविधानको संशोधन विधि र प्रक्रियाअनुसार मात्रै सम्भव हुने बताएकी छन् । बिहीबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक विचार गोष्ठीमा बोल्दै उनले वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रमार्फत मुलुकमा राजनीतिक रूपान्तरण गरेको उल्लेख गर्दै यसको रक्षा, संरक्षण र कार्यान्वयनका लागि संविधानसम्मत प्रक्रिया