नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्सले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत सञ्चालन गर्दै आएको वर्ल्डलिंक इन्टरनेट एकेडेमी कार्यक्रम मार्फत नेपालमा पहिलो पटक समुदायस्तरमा डिजिटल साक्षरता तथा सुरक्षित इन्टरनेट प्रयोग, जोखिम न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरेको छ। गत साउन २०८२ देखि जेठ २०८३ सम्म सञ्चालन गरिएका विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रममार्फत काठमाडौं उपत्यकाका विभिन्न समुदायका ३९२ जना समुदाय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्