काठमाडौं । मिटर ब्याज विरुद्धको किसान मजदुर आन्दोलनले जनकपुरधामको तिरहुतिया गाछीबाट तेस्रो ‘पैदल न्याय मार्च’ सुरु गरेको छ । साहु–महाजनको शोषण र फर्जी लिखतका विरुद्ध न्याय खोज्दै पीडितहरूले काठमाडौंसम्मको पैदल यात्रा तय गरेका हुन् । न्याय मार्चको उद्घाटन गर्दै मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले साहु–महाजनहरूले नक्कली कागजातको सहारा लिई अदालती