नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने आलेमगर पक्राउ

  • बिहीबार २५ असार २०८३ ०२:४३ PM
काठमाण्डु – नक्कली प्रहरीको परिचय दिँदै सर्वसाधारणलाई धम्की तथा दु:ख दिएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ हात्तीगौँडा बस्दै आएका ३८ वर्षीय राजकुमार आलेमगर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एवं  प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार आलेमगरले आफू अपराध महाशाखाबाट एसपी