काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकास, विद्यमान समस्या र आगामी कार्यदिशाबारे स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का प्रतिनिधिहरूसँग छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा झण्डै सवा घण्टा चलेको छलफलमा सरकारको ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य, त्यसको सम्भाव्यता, लगानीको स्रोत, व्यवस्थापन तथा ऊर्जा क्षेत्रका कानुनी र