काठमाडौँ । पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले कानुनी राज्य सञ्चालनका लागि सरकार सञ्चालकले नै विधि र विधानको सही पालना गर्नुपर्ने बताएका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै अर्यालले सरकार र नागरिकबीच सहकार्य हुनुपर्नेमा पछिल्लो समय प्रतिद्वन्द्विता बढिरहेको टिप्पणी गरेका छन् । ‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ ? सर्वप्रथम सरकार सञ्चालनकर्ताले स्वयंले बुझ्नुपर्छ, अनि नागरिकसँग सहकार्य गर्नुपर्दछ