गणेश नेपाली आत्मदाह प्रकरणः तीन महानगर प्रहरी पक्राउ

  • शुक्रबार​ २६ असार २०८३ ०७:३० AM
काठमाण्डु– राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेर गम्भीर घाइते भएका गणेश नेपालीको मृत्यु भएपछि प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सबै काठमाण्डु महानगर प्रहरी छन् । एक महिला र दुई पुरुष नगर प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको काठमाण्डु प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए । पक्राउ परेकाहरुलाई प्रहरी वृत्त कालिमाटीमा राखिएको छ