काठमाडौँको त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रवार निधन भएसँगै नागरिकहरू सरकारको विरोधमा उत्रिएका छन् । बिहीबार राहदानी विभाग अगाडि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका नेपालीको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौँ महानगरपालिकाका नगर प्रहरीले पार्किङ निषेधित क्षेत्रमा मोटरसाइकल राखेको भन्दै ‘ह्विल लक’ गरी १० हजार रुपैयाँ जरिवाना