काठमाडौं : गृहमन्त्री सुधन गुरुङ्गले आत्मदाहपछि मृत्यु भएका गणेश नेपालीको मोटरसाइकल (बाइक) मा ह्वील लक कसले लगाएको र स्थानीय सरकार कसको छ भन्दै संसदमा उल्टै प्रश्न गरेका छन् । गृहमन्त्री गुरुङ्गले गणेश नेपालीलाई बचाउनका लागि सबै प्रयास गरिएको, आफै फिल्डमा खटिएको बताउँदै उनले आफूहरुले गरेको प्रयासप्रति गरिएको आलोचनाप्रति आपत्ति जनाए । गृहमन्त्री गुरुङले स्थानीय सरकारको नेतृत्व पुरानै दलहरुमा रहेको बताउँदै भने, ‘रास्वपासँग वहुमत होला, तर देश तपाईहरुको पनि त होला ? अहिले देशमा