ठमेलको लाभेरा पिजा र क्षेत्रपाटीको लुम्बिनी हस्पिटालिटीमाथि विभागको कारबाही

  • शुक्रबार​ २६ असार २०८३ ११:५७ AM
काठमाडौं । खाद्यवस्तुमा कैफियत देखिएपछि काठमाडौंका विभिन्न स्थानमा रहेका दुई होटलमाथि कारबाही गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र काठमाडौं महानगरको संयुक्त अनुगमनका क्रममा दुई होटलमाथि कारबाही गरिएको हो । विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटीस्थित लुम्बिनी हस्पिटालिटी र काठमाडौं महानगरपालिका– २६ ठमेलमा रहेका लाभेरा पिजालाई कारबाही गरिएको हो