गणेश नेपाली मृत्यु प्रकरणमा विपक्षीलाई गृहमन्त्रीको जवाफ : स्टण्ट गर्ने इच्छा छैन

  • शुक्रबार​ २६ असार २०८३ ०६:०० PM
काठमाडौं : सरकारले गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न छानविन समिति गठन गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठकमा आत्मदाह घटनाका बारेमा जानकारी गराउँदै गृहमन्त्री सुधन गुरुङले उक्त घटनाको छानविनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति बनाइएको जानकारी दिए ।उनले उक्त घटनाको छानबिन तथा सोधपुछका लागि तीन जना महानगर प्रहरीलाई नियन्त्रणमा लिइएको बताए । बोल्ने क्रममा निकै भावुक भएका गृहमन्त्री गुरुङले नेपालीको जीवन रक्षाका लागि सरकार गम्भीर भएर नै उपचारका लागि भारत लैजाने प