काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले सरकारको सयदिने कार्यकाल पूर्ण रूपमा असफल भएको भन्दै यसले जनतामा आशाको सट्टा निराशा मात्रै थपेको आरोप लगाएकी छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा पार्टीको तर्फबाट विशेष समय दिएर बोल्दै उनले मुगुका २५ वर्षीय गणेश नेपालीले काठमाडौँमा आत्मदाह गरेको घटनालाई राज्यको असंवेदनशीलताको पराकाष्ठा भएको बताइन्। सरकारले सुशासन र समृद्धिमा ८७ प्रतिशत प्रगति भएको दाबी गरिरहँदा एउटा युवा आत्मदाह गर्न बाध्य हुनु गम्भीर प्रश्न भएको उनको भनाइ थियो। ओलीले सरकारले भ्रष्टाचारविरुद्धको नारा दिए पनि व्यवहारमा आफ्ना पक्षधरलाई जोगाउने र प्रतिशोधको राजनीति गरेको आरोप लगाइन्। सहकारी ... The post ८७ प्रतिशत प्रगतिको दाबी गर्ने सरकारले युवालाई आत्मदाह गर्न बाध्य बनायो : खुश्बु ओली appeared first on Kalika Khabar.