सरकारले काठमाडौँको विभिन्न स्थानबाट हटाएका सुकुमबासीलाई राखेको कीर्तिपुर होल्डिङ सेन्टर जलमग्न बनेको छ । लगातारको वर्षापछि बागमती नदीमा पानीको बहाव बढ्दा गएराति सो क्षेत्र जलमग्न भएको हो । जलमग्नपछि सुरक्षाकर्मीले ५४ जनालाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् । संयुक्त सुरक्षा टोलीले होल्डिङ सेन्टरमा रहेका १५४ जनामध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरस्थित