महानगरले गणेशकाे परिवारलाई रोजगारी र सन्तानलाई निःशुल्क शिक्षा दिने

  • शनिबार २७ असार २०८३ १०:०० AM
काठमाडौं : महानगरपालिकाले गणेश नेपालीको परिवारलाई रोजगारी र उनका सन्ततिलाई निःशुल्क शिक्षा दिने घोषणा गरेको छ।महानगरपालिकाले शुक्रबार विज्ञप्ति जारी गर्दै दिवंगत नेपालीका परिवारलाई रोजगारी र शिक्षा दिनेबारे कार्यपालिका बैठकबाट निर्णय गरिने जनाएको छ। ‘दिवंगत गणेश नेपालीका परिवारलाई काठमाडौं महानगरपालिकाको तर्फबाट मानवीय सहयोग, रोजगारी उपलब्ध गराउने तथा सन्ततिलाई निःशुल्क शिक्षा दिने सम्बन्धमा विधिसम्मत रूपमा कार्यपालिका बैठकबाट निर्णय गरिनेछ,’ महानगरका प्रवक्ता नवीन मानन्धरद्वारा जारी