काठमाडौं । नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शिक्षा सहकार्यलाई अघि बढाउने उद्देश्यले पाँच वर्षका लागि समझदारी भएको छ । शुक्रबार जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका स्टार्टअप तथा इनोभेसन समितिका सभापति पंकज जालान र बेनेट विश्वविद्यालयका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सेन्थिल कुमारले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्