गत अक्टोबरमा अमेरिकाको टेक्सास राज्यको डालस पुग्ने अवसर मिल्यो। यात्रामा भाइ किशोर, बुहारीप्रति र पदम भाइ साथमा थिए। हामीले सहरका सडक, हरिया पार्क र आकाश छुने भवनहरू घुम्यौं। अघिल्लो दिन रि–युनियन टावरको गोलाकार अवलोकनस्थलबाट तल फैलिएको डालस नियालेका थियौं। माथिबाट हेर्दा सहर व्यस्तताले भरिएको देखिन्थ्यो; तर मेरो मन भने अर्कै तृष्णाले तानिएको थियो।त्यसैले भोलिपल्ट बिहानै हामी पूर्वअमेरिकी राष्ट्रपति जोन एफ. केनेडीको हत्या भएको स्थल डिली प्लाजा र त्यहीँ रहेको सिक्स्थ फ्लोर म्युजियमतर्फ लाग्