काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. सुनिल शर्माले सडक, पुल, भवन वा कुनै पनि भौतिक पूर्वाधारभन्दा शिक्षित र स्वस्थ नागरिक नै राष्ट्रको सबैभन्दा ठुलो लगानी र सम्पत्ति भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै नेता शर्माले शिक्षा नै सामाजिक, आर्थिक, रोजगारी तथा समग्र विकाससँग जोडिएका अधिकांश समस्याको दीर्घकालीन समाधान भएको उल्लेख गरेका