बझाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ जना घाइते

  • शनिबार २७ असार २०८३ ०९:०० PM
काठमाडौं : बझाङको केदारस्यु गाउँपालिका-७ सुगरेस्थित दुर्गाथली गाउँपालिका र केदारस्यु गाउँपालिकाको सीमाक्षेत्रको भित्री सडक खण्डमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। १२ जना घाइते भएका छन्।दुर्घटनामा दुर्गाथली गाउँपालिका-६ का चक्रबहादुर महत, केदारस्यु गाउँपालिका-७ की बिमला महत धामी र दुर्गाथली गाउँपालिका-६ की कुटुरीदेवी महतको मृत्यु भएको छ।गम्भीर घाइते हुनेहरूमा दुर्गाथली गाउँपालिका-६ का पूर्व वडा सदस्य रामबहादुर महत, हासुलीदेवी महत, झल्कादेवी महत, हर्कादेवी महत, जौमतीदेवी महत, शिक्षक रामबह