देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ

  • शनिबार २७ असार २०८३ ०३:२६ PM
नेपाल प्रहरीले देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित २८ जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार नियमित गस्तीका क्रममा काठमाडौँ, पर्सा, दाङ, सङ्खुवासभा, कैलाली, उदयपुर, ललितपुर, सुनसरी, धनगढी र मकवानपुरका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसबिना खरिद–बिक्री गर्न नपाइने नोर्फिन, डाइजेपाम, फेनारगन, ट्रामाडोल, स्पास्पेन