पहिला नागरिक बचाउ सरकार

  • आइबार​ २८ असार २०८३ १०:०० AM
राजधानीमा दिनदहाडै आत्मदाह गरेका मुगुका २५ वर्षे गणेश नेपालीको मृत्युलाई बुझ्न धेरै मथिंगल हल्लाउनुपर्दैन। प्रधानमन्त्री वालेन्द्र शाहले ४ वर्षअघि व्यक्त गरेको विचार सापटी लिएर एक हरफमै भन्न सकिन्छ, आत्मदाहका धेरै कारण र धेरै संकेतहरू होलान् तर सबैभन्दा ठूलो कारण राज्य हो। यो विचार शाहले २०७९ माघ ११ गते बानेश्वरको सडकमा इलामका प्रेम आचार्यले आत्मदाह गर्दा व्यक्त गरेका थिए।आचार्यको आत्मदाहका पछाडि ऋण, व्यावसायिक असफलता लगायत कारण र संकेतहरू त छँदै थिए, तर शाहले भने झैं सबैभन्दा ठूलो कारण राज्य नै