काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिइ घर पुर्याइदिएको छ । प्रसाईँ गृहजिल्ला झापाबाट आइतबार (आज) काठमाडौं ओर्लिएका थिए । झापा–काठमाडौं आउजाउ गरिरहने प्रसाईँ विमानस्थलमा ओर्लिँदा बाक्लो मात्रामा युट्युबरहरुको भीड लाग्ने गर्दछ । राजावादी अभियन्ता समेत रहेका प्रसाईँले आज विमानस्थलमा नै विरोध गर्ने चाल पाएपछि प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरको गोठाटारस्थित निवासमा छाडिदिएको