मुगुः त्रिपुरेश्वरमा आत्मदाह गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली प्रकरणमा आन्दोलनरत पीडित पक्ष र सरकारी वार्ता टोलीबीच भएको वार्ता निष्कर्षविहीन भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंमा करिब १४ घण्टा लामो वार्ता भए पनि कुनै सहमति हुन नसकेको पीडित पक्षले जानकारी गराएका छन्।शुक्रबार साँझदेखि शनिबार बिहानसम्म चलेको वार्ता निष्कर्षविहीन बनेपछि पीडित पक्षले सरकारले घटनाप्रति अपेक्षित जिम्मेवारी नलिएको आरोप लगाएको छ। सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दा