काठमाडौं : संयुक्त राष्ट्रिय सुकुमबासी मोर्चाले काठमाडौँको माइतीघरमा प्रदर्शन गरेको छ । सुकुम्वासीको स्थायी व्यवस्थापनको माग उठाउँदै संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाको नेतृत्वमा आइतबार काठमाडौँको माइतीघर क्षेत्रमा प्रदर्शन गरिएको हो । सहभागीहरूले सरकारले भूमिहीन तथा सुकुमवासीको समस्या समाधानका लागि प्रभावकारी पहल नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनीहरुले जोखिमयुक्त ठाउँबाट लिएर आएको सरकारले झन महाजोखिमयुक्त ठाउँमा ज्यानै जाने अवस्था सिर्जना गरी राखिएको भन्दै आक्रोश व्यक्त गरेका