काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को जोखिम न्यूनीकरणका लागि सबै निकायसँग समन्वय गरेर तयारी अघि बढाएको जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीपकुमार कोइरालाले आइतबार प्राधिकरणको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मनसुन अवधिमा हुन सक्ने विपद् व्यवस्थापनका लागि विभिन्न निकायसँग समन्वय गरी तयारीको अवस्था अद्यावधिक गरिएको जानकारी दिए। उनका अनुसार असार ४ गते मन्त्रीको संयोजकत्वमा बसेको बैठकले दिएको निर्देशनअनुसार प्राधिकरणले सम्बन्धित सबै निकायसँग समन्वय गर्दै कामको प्रगति विवरण संकलन गरेको हो। उनले भने,‘त्यसबेला माननीय मन्त्रीज्यूबाट विभिन्न काम गर्ने भनेर निर्देशन भएको थियो। ... The post मनसुनजन्य विपद् जोखिम घटाउन प्राधिकरणको तयारी तीव्र appeared first on Kalika Khabar.