काठमाडौँ । मधेस प्रदेश सभामा आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर उत्पन्न विवाद र संसदीय गतिरोध अन्त्य गर्न सात सदस्यीय विशेष संसदीय कार्यदल गठन गरिएको छ । सभामुख रामअशिष यादवले आइतबार बसेको प्रदेश सभा बैठकमा उक्त कार्यदल गठनको घोषणा गरेका हुन् । सभामुख यादवकाअनुसार बजेट कार्यान्वयनका क्रममा देखिएका कानुनी, नीतिगत तथा व्यावहारिक जटिलताहरूको सूक्ष्म अध्ययन