काठमाण्डु – बाढी र पहिरोका कारण देशमा विभिन्न राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार सोमबार बिहानसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न सडक खण्डमा पहिरो र बाढीका कारण राजमार्गहरू अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध हुँदा यातायात सञ्चालन प्रभावित भएको छ । कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्य पहाडी लोकमार्गमा असार १२ गते