चीनको रेनमिन विश्वविद्यालयअन्तर्गतको पत्रकारिता तथा सञ्चार विभागको निमन्त्रणामा जुन २२ देखि जुलाई ३ सम्म चीन भ्रमण गर्ने अवसर मिल्यो। भ्रमणका क्रममा बेइजिङ र नानजिङमा विश्वविद्यालयका प्राध्यापक, चिनियाँ विदेश मन्त्रालयका अधिकारी, सञ्चारकर्मी तथा नीतिनिर्माणसँग सम्बन्धित व्यक्तिहरूसँग मिडिया, विकास, कृत्रिम बुद्धिमत्ता (एआई), चिनियाँ शैलीको लोकतन्त्र, चीन–अमेरिका सम्बन्ध तथा चीनको छिमेकी कूटनीतिका विषयमा विस्तृत अन्तरक्रिया भयो। औपचारिक कार्यक्रमसँगै भएका अनौपचारिक संवादहरूले पनि चीनले आफ्न