काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषा र साहित्यमार्फत विश्वभर छरिएका नेपालीलाई भावनात्मक रूपमा एकताबद्ध बनाएको बताएका छन् । भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा नेपाली शिक्षा परिषद् र भानु माध्यमिक विद्यालयले सोमबार आयोजना गरेको ‘भानु प्रतिमामा माल्यार्पण समारोह’ लाई सम्बोधन गर्दै मन्त्री खनालले भाषा नेपालको सबैभन्दा ठूलो सांस्कृतिक शक्ति भएको उल्लेख गरे