मिडिया हाउसको गेटमा शंकास्पद गाडी पार्किङ, पत्रकार महासंघको ध्यानाकर्षण

  • सोमबार २९ असार २०८३ ०७:११ AM
काठमाडौँ । काठमाडौँका विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकार तथा सञ्चारकर्मीलाई आवतजावतमा अवरोध पुर्‍याइएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै आज बिहान ७ बजेदेखि तीनकुनेस्थित कान्तिपुर पब्लिकेसन्स, नयाँबानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको कार्यालय गेटमा बेवारिसे तथा शंकास्पद ढंगले गाडी पार्किङ