दूरसञ्चार प्राधिकरणमा अर्जुन घिमिरे, प्रेस काउन्सिलमा उमेश श्रेष्ठ नियुक्त

  • सोमबार २९ असार २०८३ १२:०५ PM
  सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस काउन्सिल नेपालको अध्यक्षमा उमेश श्रेष्ठलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को असार २४ गतेको निर्णयअनुसार नियुक्त भएका अध्यक्षद्वयले आइतबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाबाट नियुक्तिपत्र ग्रहण गरेका हुन्।