काठमाडौं । सोमबार दिनभर विभिन्न सञ्चारमाध्यमका कार्यालयको गेटमा राखिएका शंकास्पद गाडीले हलचल मच्यायो । बिहानै विभिन्न ठूलो मिडिया हाउस र कांग्रेस सभापति गगनकुमार थापाको निवासअघि गाडी पार्किङ गरेर राखिएको थियो । त्यस विषयमा सत्तारुढ रास्वपासहित अन्य राजनीतिक दलहरुले मात्र होइन संसदीय समितिमा समेत प्रश्न उठेको छ । प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले