प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बाल सुधार गृहमा रहेका बालबालिकाको मानव अधिकार अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल भएको छ। सोमबार बसेको बैठकमा समिति सचिव रामहरि थापाले प्रस्तुत गरेको प्रतिवेदनमा नेपालमा सञ्चालित बाल सुधार गृहहरूको अवस्था, सेवा प्रवाह, व्यवस्थापन प्रणाली तथा बालबालिकाको मानव अधिकार अवस्थाको अध्ययन तथा विश्लेषण गरिएको