भौतिक विकासको पर्खाइमा पलगडी गाउँ

  • मङगलबार ३० असार २०८३ ०२:२६ AM
कञ्चनपुर । डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका–११ स्थित पलगडी गाउँ आज पनि विकासको मूल प्रवाहबाट टाढा छ । कञ्चनपुरसँग सीमा जोडिएको चुरे क्षेत्रको विकट पहाडी भागमा रहेको यो गाउँमा सडक, विद्युत्, स्वास्थ्य सेवा, खानेपानी र गुणस्तरीय शिक्षाजस्ता आधारभूत सुविधा अझै पुग्न सकेका छैनन् । नेपालको संविधानले सुनिश्चित गरेका आधारभूत सेवासमेत सहज रूपमा नपाउँदा यहाँका बासिन्दा वर्षौंदेखि