थाइल्यान्ड : थाइल्यान्डका अधिकारीहरूले आइतबार राति बैंककको एक बारमा भएको भीषण आगलागीमा लापरवाहीका कारण घटना भएको हो कि होइन भन्ने विषयमा अनुसन्धान थालेका छन् । घटनाबाट बाँचेकाहरूले ढोका बन्द गरिएको र आपतकालीन निकास देखाउने संकेतहरू नरहेको बताएका छन् ।प्रहरीका अनुसार सजावटका लागि प्रयोग गरिएका सजिलै बल्ने सामग्रीका कारण आगो तीव्र गतिमा फैलिएको हुनसक्छ । आगो स्टेज नजिकबाट सुरु भएको बताइएको छ । प्रहरी प्रमुख जनरल कित्तिरात फानफेतले भने, ‘यसले ग्राहकहरूको सुरक्षाप्रति सावधानी नअपनाइएको र बेवास