सार्वजनिक खरिद ऐन संशोधनले पूर्वाधार विकासलाई गति दिने विश्वास

  • मङगलबार ३० असार २०८३ १२:५९ PM
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले सरकारले सार्वजनिक खरिद ऐन, २०६३ को दोस्रो संशोधन जारी गरेकामा स्वागत गर्दै यसले मुलुकको पूर्वाधार विकासलाई गति दिने विश्वास व्यक्त गरेको छ । महासङ्घले आज जारी गरेको प्रेस विज्ञप्तिमा संशोधित ऐनले ‘लो बिडिङ’ (सबैभन्दा कम मूल्यमा ठेक्का दिने) प्रणालीको अन्त्य गरी औसत विधिबाट ठेक्का प्रदान गर्ने व्यवस्था गरेकाले निर्माण