काठमाडौं । विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले प्राज्ञिक थलोलाई दलीय राजनीतिमुक्त बनाउने र सुशासन कायम गर्ने सवालमा साझा प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा ‘नेपालको उच्च शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र सुधारका विषय’ मा भएको छलफल तथा संवाद कार्यक्रममा उहाँहरूले यसकिसिमको साझा प्रतिबद्धता व्यक्त गरेका हुन्