काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज अपराह्न कतार प्रस्थान गरेका छन् । उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेखहमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न कतारको तीनदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । उपराष्ट्रपति यादवलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बिदाई गरेका थिए