काठमाडौं : नेपाल धितोपत्र बोर्ड आफ्नो नीति कार्यक्रम तथा बजार विकासका प्राथमिकताको सूची सार्वजनिक गरेको छ। बोर्डले पूँजी बजारको आकार, गहिराइ, वित्तीय साधनहरूको विविधता, संस्थागत लगानीकर्ताको भूमिका, कर्पोरेट ऋणपत्र बजारको विकास तथा उत्पादनमूलक क्षेत्रसँगको अन्तरसम्बन्ध स्थापित गर्ने तथा मूलतः लगानीकर्ताको हितलाई केन्द्रबिन्दुमा राखी ८ वटा योजना सार्वजनिक गरेको हो। आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रमलाई समयबद्ध रूपमा कार्यान्वयन गर्ने क्रममा ८ वटा कार्यक्रमलाई प्राथमिकतामा राखी अगाडि